प्याब्सन विराटनगरको आयोजनामा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहिवार बिहान भएको खेलमा ग्यालेक्सी स्कुल र मोडर्न एरा स्कुल विजयी हुँदै अन्तिम आठमा मा प्रवेश गरेका छन् ।

विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले मदरल्याण्ड एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्यो । खेलमा निर्णायक गोल गरेका ग्यालेक्सीका एमडी मासुम प्लेयर अफ द म्याच चुनिए ।

त्यसैगरी दोस्रो खेलमा मोडर्न एरा स्कुलले दर्पण स्कुललाई ३-० गोल अन्तरले हरायो । मोडर्न एराको जितमा चिरञ्जीवी भुजेल, रोशिक राई र अमन माझी एक-एक गोल गरे । खेलको प्लेयर अफ दि म्याच मोडर्न एराका रोशिक राई चुनिए ।

प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।

बिहीवार चार खेल हुनेछन् । पहिलो खेल बिहान ७ बजे
एभरेष्ट स्कुल र ग्रीनल्यान्ड स्कुल तथा दोस्रो खेल बिहान ८ बजे सनसाईन स्कुल र पुर्वाञ्चल स्कुलबीच हुनेछ ।

सोही दिन तेस्रो खेल दिउँसो २ बजे सिद्धार्थ स्कुल र सगरमाथा स्कुल तथा चौथो खेल दिउँसो ३ बजे जेम्स स्कुल र दिल्ली पब्लिक स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *