विराटनगर । विराटनगरमा जारी तेस्रो संंस्करणको एसईइ कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा शनिबार चार विद्यालय विजयी भएका छन् । विराटनगरको शहिद मैदानमा मंगलबार भएको खेलमा मोडर्न एरा स्कुल, खनार मोडल एकेडेमी, सहिद स्मृति आवशिय माध्यमिक विद्यालय र एभरेष्ट स्कुल बिजयी भएका हुन् ।
पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्यालेक्सी स्कुललाई १-० गोलले स्तबध बनायो । खेलमा मोडर्न एराका युनिस कार्कीले निर्णायक गोल गरे । खेलको प्लेयर अफ दि म्याच ग्यालेक्सीका आर्यन भण्डारी चुनिए ।
त्यसैगरी दोस्रो खेलमा खनार मोडल एकेडेमीले ध्रुवतारा स्कुललाई १-० गोलले पाखा लगायो । खेलमा एक मात्र गोल गरेका खनारका क्षितिज चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।
तेस्रो खेलमा सहिद स्मृति आवशिय माध्यमिक विद्यालयले मोरङ पब्लिक स्कुललाई ३-० गोलले हरायो । सहिदको जितमा युजिन चौधरी, युगल शेवा र अखिल मगरले १-१ गोल गरे । सहिदका युजिन चौधरी खेलको प्लेयर अफ दि म्याच भए ।
दिनको चौथों तथा अन्तिम खेलमा बिराटनगरको एभरेष्ट स्कुलले सिद्धार्थ शिशु सदनलाई ३-० गोलले पराजित गर्यो ।
एभरेष्टलाई जित दिलाउन सक्षम श्रेष्ठले ह्याट्रिक गरे । उनी खेलको प्लेयर अफ दि म्याच चुनिए ।
पोखरिया युथ केयर एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा सुनसरी र मोरङका गरी जम्मा ४४ वटा विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार १८ गते हुनेछ ।
प्रतियोगिताअन्तर्गत बुधबार पनि ५ वटा खेल हुने आयोजक पोखरिया युथ केयर एकेडेमीका अध्यक्ष विक्रम कार्कीले जानकारी दिए ।
