झम्सिखेलमाथि महावीरको सहज जित

२०८१, २४ जेष्ठ बिहीबार १६:२२

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार महावीर क्लबले झम्सिखेल युवा क्लबविरुद्ध ३-१ को सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा महावीरलाई जित दिलाउन निरबहादुर थापा, अनिश शर्मा र दीपकबहादुर श्रेष्ठले गोल गरे । झम्सिखेलका लागि ओम धामीले एक गोल फर्काए

जितसँगै १२ खेलमा १३ अंक जोडेको महावीर ११औं स्थानमा छ । पराजित झम्सिखेल समान खेलबाट १६ अंकका साथ सातौं स्थानमा छ ।

खेलको १४औं मिनेटमा निरबहादुरको गोलमार्फत महावीरले अग्रता लियो । ३८औं मिनेटमा अनिशले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा दीपकले महावीरका लागि तेस्रो गोल गरे । ८५औं मिनेटमा ओमले गरेको गोल झम्सिखेलका लागि सान्त्वना बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *