भेनेजुएलाले कोपा अमेरिका २०२४ मा इक्वेडरमाथि पुनरागमन जित निकालेको छ ।
समूह ‘बी’ अन्तर्गत आइतबार बिहान अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भेनेजुएलाले २-१ ले पराजित गरेको हो ।
भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल गरेको थियो ।

जितसँगै समूह ‘बी’ मा रहेको भेनेजुएलाले पहिलो खेलमै तीन अंक जोडेको छ। इक्वेडरले भने हारबाट प्रतियोगिता सुरु गरेको छ ।
