अग्रता जोगाउन नसक्दा नेपालले यमनसंग बराबरीमा चित्त बुझाएको छ ।
फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले यमनसंग २-२ गोलको बराबरी खेलेको हो । साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियम मंगलवार राती भएको खेलमा अग्रता जोगाउन नसक्दा नेपालले जित निकाल्न सकेन ।

नेपालकालागि सञ्जिब बिष्ट र जिलेस्पी जंंग कार्कीले गोल गरे । दुवै खेलाडीको यो गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो।
नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो। बक्स भित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए।
त्यसपछि नेपालले खेलको २३औं मिनेटमा सञ्जीवले बराबरी गोल फर्काए। ६६औं मिनेटमा नेपालले खेलमा अग्रता लिया। छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो। तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल- दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो।
नेपालले यस खेल अघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो। तर अन्ततः नेपालले २ गोल गर्न सफल भएको हो। नेपालले समूहमा ६ खेलमा १ अंक सहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ। नेपाल रहेको समूह ‘एच’ मा युएईले १६ अंक सहित पहिलो हुँदै र बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन्।
५ अंक सहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन्।