तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार तीनवटा विद्यालयले जित दर्ता गरेका छन् ।

प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा गौतम बुद्ध स्कुल, गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल बिजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा गौतम बुद्ध स्कुलले सप्तकोसी स्कुललाई टाइब्रेकरमा ४-२ गोलले पराजित गर्यो । टाईब्रेकरमा गौतम बुद्धका आयुस प्रधान, आदर्श राई, आशुतोष खड्का र सौरव राना मगरले गोल गरे भने सप्तकोसीको तर्फबाट समीर ताजपुरिया र रितेश कर्णेलले गोल गरे । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि खेल टाइब्रेकरबाट धकेलिएको हो । खेलको प्लेयर अफ द म्याच गौतम बुद्धका गोलरक्षक शुभम राई चुनिए ।

त्यसैगरी दोस्रो खेलमा बिनायक स्कुल खेलका लागि मैदानमा उपस्थित नभएका कारण गोदावरी स्कुललाई विजेता घोषणा गरियो ।

तेस्रो खेलमा सेन्ट जोसेफ स्कुलले देवकोटा स्कुललाई ३-० गोलले पराजित गर्यो । जितका लागि सेन्ट जोसेफका निसाद सिटौलाले ब्यक्तिगत दुई गोल गरे भने प्रनिस खड्काले थप एक गोल गरे । खेलको प्लेयर अफ दि म्याच सेन्ट जोसेफका निसाद सिटौला चुनिए ।

बुधबार दुई खेल हुनेछ । पहिलो खेल बिहान ८ बजे ग्यालेक्सी स्कुल र मदरल्याण्ड एकेडमी । सोही दिन दोस्रो खेल बिहान ९ बजे दर्पण स्कुल र मोडर्न एरा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *