आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।

ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३४ रन मात्र बनाउन सक्यो । खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो ।

योसँगै भारतले प्रतियोगितामा अपराजित यात्रा जारी राखेको छ । टी–२० मा भारतले अफगानिस्तानविरुद्धको शतप्रतिशत रेकर्ड पनि कायम राख्न सफल भएको छ ।

टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को यो पहिलो खेल थियो । यो समूहमा रहेको अस्ट्रेलिया र बंगलादेशबीचको खेल हाल जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *