प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ उपाधिकोलागि एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग चरणको अन्तिम खेलमा एभरेस्टले विभागीय टोली नेपाल क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
एभरेस्टले खेल २५-२०, २४-२६, २५-२०, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।
लगातार पाँचौं जितसँगै एभरेस्टले पाँच खेलमा एभरेस्टले चार खेलमा १४ अंक जोडेको छ । यसअघि एभरेस्टले कर्णाली, आर्मी, न्यु डायमन्ड र एपिएफलाई पराजित गरेको थियो ।
हारका बावजुद पाँच खेलमा ११ अंकका साथ पुलिसले पनि फाइनलमा स्थान सुरक्षित गरेको छ । यसअघि पुलिसले अर्मी, न्यु डायमन्ड, एपिएफ र कर्णालीलाई हराएको थियो ।
शुक्रबार नै सम्पन्न महिलातर्फको विभागीय डर्बीमा एपिएफले आर्मीविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो । एपिएफले खेल २५-१९, २५-१०, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
