सर्लाहीको बागमती युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार लिगको आफ्नो अन्तिम खेलमा पुलचोक स्पोर्टस क्लबसँग गोलरहित बराबरीमा रोकिए पनि बागमतीले उपाधि उचाल्यो ।
यो नतिजासँगै बागमतीले १३ खेलमा ३० अंक जोड्यो । पुलचोक समान खेलबाट २२ अंकका साथ तेस्रो स्थानमा रह्यो ।
बागमती ‘सी’ डिभिजनमा उक्लिएकै वर्ष च्याम्पियन बनेको हो । बागमतीले दोस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई ४ अंकले पछि पार्यो ।
आरसी ३२ ले बुधबार नै लिगको अन्तिम खेलमा सानेपा क्लबसँग ३-२ को हार ब्यहोरेको थियो ।
यो सिजन रानीवन स्पोर्टस क्लब र गोलबजार स्पोर्टस क्लब रेलिगेशनमा परे ।
