युरो कप २०२४ समूह ‘एफ’ बाट पोर्चुगल र टर्कीले अन्तिम १६ मा स्थान बनाएका छन् ।

गए राती भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २-० ले पराजित भएको छ । हारका बावजुद पोर्चुगल समूह विजेता भने बन्यो ।

पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो। प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा उतारेपनि उनले जारी युरोमा गोलको खाता खोल्न सकेनन् ।

त्यसैगरि बुधबार राती नै सम्पन्न समूह ‘एफ’ को अर्को खेलमा टर्कीले चेकियालाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो ।

पोर्चुगल र टर्की समान ६-६ अंकका साथ क्रमशः शीर्ष २ स्थानमा रहे । पहिलो पटक युरोमा छनोट भएको जर्जिया पनि ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो । १ अंक जोडेको चेकिया बाहिरिएको छ ।

अन्तिम १६ मा पोर्चुगले स्लोभेनियाको सामना गर्नेछ भने टर्कीले अष्ट्रिया विरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *