न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले पराजित गर्दै टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य टोलीले ५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो ।

समूह सीमा ३ खेलपछि न्युजिल्याण्डको २ अंक छ । ४ खेल खेलेको युगान्डाको पनि २ अंक नै रहेको छ । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *