विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा दिल्ली पब्लिक स्कुल फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा गोदावारी स्कुललाई ४-० ले पराजित गर्दै दिल्ली पब्लिक स्कुलले फाइनलको यात्रा तय गरेको हो ।
दिल्ली पब्लिक स्कुललाई जित दिलाउन इमान खवास र जेनिल विष्टले समान दुई गोल गरे ।

दुई गोल गरेका दिल्ली पब्लिक स्कुलका जेनिल बिष्ट
खेलको प्लेर अफ द म्याच चुनिए ।

दिल्ली पब्लिक स्कुलले उपाधिका लागि असार ६ गते ग्यालेक्सी स्कुलको सामना गर्नेछ । 

प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *