विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय फुटबल प्रतियोगितामा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल बिजयी हुँदै अन्तिम आठमा प्रवेश गरेका छन् ।
विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३-१ गोलले पाखा लगायो । जितको लागि गोदावरीका योजन राईले ह्याट्रिक गर्दै तीन गोल गरे । सान्तवना गोल गौतमबुद्ध स्कुलका प्रशिद्ध सुवालले फर्काए । गोदावरीका एजन राई प्लेर अफ द म्याच चुनिए ।
दोस्रो खेलमा सेन्ट जोसेफ स्कुलले स्टार स्कुललाई ३-० गोलले पराजित गर्यो । सेन्टजोसेफलाई जित दिलाउन निशाद सिटौला, प्रवेश गुरुङले गोल गरे भने एक गोल आत्मघाती गोल भएको थियो । खेलको प्लेर अफ द म्याच सेन्ट जोसेफका निसाद सिटौला चुनिए ।
प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।
शनिबारको पहिलो खेल विहान ८ बजे ग्यालेक्सी र एभरेस्टबीच हुनेछ भने दोस्रो खेल विहान ९ बजे मोडर्न एरा र सनसाईन स्कुलबीच हुनेछ ।
