विभागीय टोली नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ लगातार दोश्रो जित हासिल गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतबार सम्पन्न दोश्रो खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।
जितसँगै पुलिसले दुई खेलबाट ५ अंक जोडेको छ । पुलिसले शनिबार भएको पहिलो खेलमा अर्का विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
यता लगातार दोश्रो हार व्यहोरेको न्यु डायमन्डले एक अंक जोडेको छ । न्यु डयमन्ड शनिबार भएको आफ्नो पहिलो खेलमा एपीएफ क्लबसँग ३-२ को सेटमा पराजित भएको थियो ।
