आइसिसी -२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको छ । पूर्व च्याम्पियनसमेत रहेको टोली यसपटक भने समूह चरणबाटै बाहिरिन पुगेको हो ।

सान्त्वना जितका लागि खेलिएको आइतबारको आफ्नो अन्तिम खेल पनि पाकिस्तानका लागि सहज भएन । १ सय ७ रनको मध्यम लक्ष्य पछ्याउँदा पाकिस्तानले १८.५ ओभरसम्म सङ्घर्ष गर्नुपर्यो ।

भारत र अमेरिकासँग पराजित भएको पाकिस्तान समूह ए मा तेस्रो स्थानमा चित्त बुझाउनु बाध्य बन्यो । पाकिस्तानले यस अघि क्यानडालाई हराएको थियो ।

यो समूहबाट भारत र अमेरिका यसअघि नै सुपर ८ चरणमा प्रवेश गरिसकेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *