टी-२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।
आइतबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

अस्ट्रेलियाको जित साबिक विजेता इंग्ल्यान्डका लागि वरदान साबित भएको छ । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै टोली सुपर ८ मा प्रवेश गरेको छ । दुई टोलीको अङ्क समान भए पनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो रहेको छ ।
