अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इंंग्लयान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इंंग्लयान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इंंग्लयान्ड ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इंंग्लयान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे। फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रनमा समेटियो । नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे । हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए ।
इंंग्लयान्डकालागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए । स्याम करन र आदिल राशिदले २-२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए ।
जित पछि सुपर एटको समूह २ मा ३ खेलबाट ४ अंक सँगै इंंग्लयान्ड अन्तिम चारमा पुगेको छ । समान २-२ खेलमा दक्षिण अफ्रिका ४ र वेस्ट इन्डिजको २ अंक छ । सोमबार बिहान हुने दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्धारण गर्नेछ । अमेरिका भने विना अंक बाहिरिएको छ ।
