आईसीसी टि-२० बिश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङमा रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले ५७ रनको सामान्य लक्ष्य पाएको थियो ।

अफगानिस्तानले प्रस्तुत गरेको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाले अब विश्वकपको उपाधिकालागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल पनि आज राति नै हुने तालिका छ । खेल नेपाली समय अनुसार राती सबा ८ बजे देखि शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *