शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक यूथ क्लब र खालीबारी यूथ क्लबले अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सामाजिक र खालीबारीले गोलरहित बराबरी खेलेका हुन्।

यो बराबरीसँगै सातौँ स्थानमा रहेको सामाजिक १२ अंक रहेको छ भने समान खेलबाट १० अंकसहित १० औं स्थानमा छ।

जारी सिजन पुलचोक १९ अंकसहित शीर्ष स्थानमा रहँदा समान अंक रहेको अरसी-३२ दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *