बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदातले सन्दीपलाई सफाई दिएको हो।

बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय तोकेको थियो ।

जिल्लाको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *