स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले लज्जास्पद हार बेहोरेको छ ।

गत राति भएको सिजनको ३७ औं साताको खेलमा एट्लेटिकोलाई उसकै घरेलु मैदानमा ओसासुनाले १-४ को खराब हारको सिकार बनायो । घरेलु मैदानमा एट्लेटिकोका लागि यो एकदमै नराम्रो नतिजा हो । भलै, एट्लेटिकोले यस सिजन शीर्ष चारमा स्थान पक्का गरिसकेको छ ।

पाहुना टोली ओसासुनाले एट्लेटिकोलाई पराजित गर्ने क्रममा राउल गार्सियाले २ गोल गरे। उनले पहिलो गोल २६औं मिनेटमा गरे भने दोस्रो गोल ६४औं मिनेटमा गरे । अइमार ओरोजले ५२औं मिनेटमा अर्को गोल गरे भने लुकास टोरोले ८८औं मिनेटमा चौथो गोल गरे । यता, पराजित एट्लेटिकोका लागि १ मात्रै सान्त्वाना गोल ५५ औं मिनेटमा अल्भारो मोराटाले गरेका थिए ।

अब यो हारपछि पनि एट्लेटिकोले ३७ खेलपछि ७३ अंक जोडेर चौथो स्थानमा रहेको छ । विजयी ओसासुना समान खेलपछि ४४ अंकका साथ ११औं स्थानमा छ । गत राति भएका अन्य शीर्ष टिमका खेल रियल मड्रिड र भिल्लारियलले ४-४ को बराबरी खेले भने बार्सिलोनाले रायो भालेकानोमाथि ३-० को जित निकाल्यो । ला लिगामा अब अन्तिम एक चरणका खेल मात्रै बाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *