ललितपुर मेयर्स कपमा कोशी प्रदेशले ललितपुर मेयर्स ११ लाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि ८९ रनको लक्ष्य पाएको कोशीले दुइ ओभर बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो । कोशीका लालि काजल श्रेष्ठले सर्वाधिक ३६ रन जोड्दै नट आउट रहिन् । टिका शाहले २५ रन बनाउँदा प्रिन्सा मगरले ७, अप्सरी बेगमले ७ तथा संगिता राई ४ रनमा अविजित रहिन् ।

बलिङतर्फ ललिपुरकी कृतिका मरासिनीले तीन तथा सरस्वती कुमारीले एक विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदनमा टस जितेर शुरुवाती व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनाएको थियो ।

ललितपुका लागि आस्मा पुलामी मगरले सर्वाधिक २६ रन जोड्दै अविजित रहिन् । किरण कुँवरले १३ सन जोड्दा, अलिसा यादव, श्रृष्टि जैशी र पुजा महतोले समान ८/८ रनको योगदान गरेका छन् । बलिङतर्फ अप्सरी बेगमले तीन, अलिसा खाडियाले दुइ तथा सबनम राई र हिरनमायी रोयले समान एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *