तेस्रो संस्करणको मिल्स कप टि २० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ।

विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा पुगेको हो ।

विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धसतक पूरा गरे । अनुभवले ४१ बलमा ६ छक्का र ६ चौका हिर्काउँदै ६६ रन बनाए । राहुलले ३१ बलमा ५ छक्का र ६ चौका हिर्काउँदै ६० रन बनाए । राहुल प्लेर अफ द म्याच घोषित भए ।

त्यसैगरी कुनल किशोरले २९ रन पारी खेल्दा रिसप रन्जनले २४ रनको योगदान दिए । जोगवनीका आशिक राजाले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट र उत्तम यादवले २ विकेट लिए । विराटनगरले दिएको २०३ रनको विशाल छक्ष्य पछ्याएको जोगवनीले १३.३ ओभरमा सबै विकेट गुमाइ ६९ रन मात्रै बनाउन सक्यो । जोगवनीका राजा बाबुले ९ बलमा २४ रन बनाउँदा उत्तम यादवले १७ रन जोड । जोगवनीका अन्य ब्याटमेनले दोहोरो अंक ल्याउन सकेनन् ।

विराटनगरका खेलाडी अदित्य झा र राहुलले कसिलो बलिङ गरे । अदित्यले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट र राहुलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *