यस वर्ष २०२४ मा हुन लागेको युईएफए युरो कप फुटबलमा ३० दिनको दिनगन्ति सुरु भएको छ । आजको मितिले ठीक एक ३० दिनमा युरो कप फुटबल सुरु हुनेछ । यसपालिको युरो कप जर्मनीले आयोजना गर्दैछ । प्रतियोगिता औपचारिक रूपमा जुन १४ बाट सुरु हुनेछ । नेपाली समय अनुसार चाहिँ जुन १५ बाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमै आयोजक जर्मनीले स्कटल्यान्डको सामना गर्ने तालिका रहेको छ ।

पहिलो चरणको खेलमा अन्य शीर्ष टिमहरू मध्ये स्पेनले पहिलो खेलमै क्रोएसियाको सामना गर्नेछ । इटालीले अल्बानियासँग खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्नेछ भने पोल्यान्ड र नेदरल्यान्ड्स पनि पहिलो खेलमै भिड्नेछन् । इंग्ल्यान्डले पहिलो खेलमा सर्बियाविरुद्ध खेल्दा बेल्जियमले स्लोभाकियासँग खेल्नेछ । फ्रान्सले अस्ट्रियासँग र पोर्चुगलले चेक रिपब्लिकसँग खेल्दै युरो कप यात्रा सुरुआत गर्नेछन् ।

आयोजक देशको हैसियतमा छनौट खेल नखेली सोझै छनौट भएको जर्मनी यसपालि आफ्नो भूमिमा प्रतियोगिताको एक प्रमुख दाबेदार टिम रहने नै छ । साथमा, साबिक च्याम्पियन इटालीदेखि स्पेन, इंग्ल्यान्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, नेदरल्यानड्स पनि उपाधि होडमा हुनेछन् । सन् २०२१ मा भएको युरो कप इटालीले जितेको थियो, इंग्ल्यान्डलाई पराजित गरेर । त्यसअघि भने सन् २०१६ मा पोर्चुगलले जितेको थियो । यस युरो कपमा इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, पोर्चुगल प्रमुख उपाधि दाबेदार टिम रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *