आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो ।

आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो गोल भने खेलको अन्त्य तिर आएको थियो । इन्ज्युरी समयमा आशिष लावतीले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै जित सुनिश्चित गरे।

जित सँगै आरसी ३२ को ८ खेलमा १६ अंक भएको छ । बागमती युथ क्लबको पनि १६ अंक भएपनि हेड टु हेड का आधारमा आरसी ३२ शीर्ष स्थानमा उक्लिएको हो ।

एन्फाले अयोग्य खेलाडी खेलाएको कारण आरसी ३२ को ४ अंक घटाएको थियो ।

सि डिभिजन लिगमा बुधवार दुई खेल हुँदै छन् । दिनको पहिलो खेलमा स्वयम्भू क्लब र मनोहरा युनाइटेड एफसी भिड्दा दिनको दोस्रो खेलमा स्पोर्ट्स एकेडेमी साँगा र गोलबजार स्पोर्ट्स क्लब भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *