तेस्रो संस्करणको मिल्स कप टि २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

पटनाले दिएको १७६ रनको लक्ष्य होराइजनले १८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । होराइजनको जितमा सुजन थपलियाले २८ बलमा ४६ रन पारी खेल्दा ४ छक्का र ३ चौका र्हिकाए । मनिष थापाले ४२ रनको योगदान दिदा दिपकले अविजित २५ बलमा ३८ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भए । नगद तीन हजार पाए ।

पटनाका सहि आनन्दले २, रन्जित कुमार र आशिष कुमारले समान १-१ विकेट लिए ।

त्यसअघि विराटनगर जुटमिल मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पटनाले १९.२ ओभरमा सबै विकेट गुमाइ १७६ रन बनाएको थियो । जसमा पटनाका अंकुस राजले अर्धसतक पुरा गरि २६ बलमा ७४ रन बनाए । उनले ६ छक्का र ९ चौका हिर्काए । नन्द किशोरले अविजित ४३ रन बनाए । गोपी कृष्णले २० रन बनाउँदा पटनाका अरु ब्याटमेनले दोहोरो अंक जोडन सकेनन ।

विराटनगरका श्रवण किस्कु र दिपेश केन्डलले समान ३-३ विकेट लिए । सन्तोष कार्कीले २ र प्रतिक पोखरेलले १ विकेट लिए ।

शुक्रबारको पहिलो खेल वाइआरससी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा सोही दिन दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच हुने खेल तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *