आयोजक धनकुटा फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ ।

बुधबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा सिरहाको सहलेस युवा क्लब सिरहालाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक टोली धनकुटा फुटबल क्लब
सेमिफाइनल पुग्न सफल भएको हो ।

आयोजक टिमका तर्फबाट दोस्रो हाफको २५ औं मिनेटमा जर्सी नम्बर १० का खमिर गिल्सन कन्दङ्‌वाले गोल गरेका थिए । उनको त्यही गोल खेलका लागि निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच आयोजक टिमका गोलरक्षक प्रदिप भण्डारी घोषित भए । उनले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल आज विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ ।

प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *