भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्यास लिने घोषणा गरेका हुन्।

फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध जुन ६ मा हुने खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने छन्।

३९ वर्षीय स्ट्राइकर सुनीलले भारतीय टोलीमा महत्त्वपूर्ण योगदान दिएका छन्। यू-२० र यू-२३ टोलीबाट आफ्नो परिचय बनाएका उनले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए।

पूर्वकप्तान तथा स्ट्राइकर भाइचुङ भुटियाको सन्यास पछि भारतीय टोलीमा उनले अग्रपंतीको जिम्मेवारी लिएका थिए। भारतीय टोलीबाट १५० खेल खेलेका उनले ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *