बर्नेली र शेफिल्ड युनाइटेड इ‌ङ्लिस प्रिमियर लिगमा उक्लिएकै वर्ष रेलिगेशनमा परेका छ।

सन् २०२३ मा बर्नेली दोस्रो डिभिजनको च्याम्पियन्सिप जित्दै प्रिमियर लिगमा उक्लिएको थियो। यता, शेफिल्ड भने उपविजेताको रूपमा प्रिमियर लिगमा उक्लिएको थियो।

त्यतिखेर ४६ मध्ये २६ खेलमा जित, १४ बराबरी र ३ हार बेहोरेको बर्नेलीले १०१ अंक जोडेको थियो। यता, शेफिल्ड युनाइटेडले भने समान खेलमा २८ जित, ७ बराबरी र ११ हार बेहोर्दै ९१ अंक जोडेको थियो।

तर, बर्नेली र शेफिल्ड युनाइटेडले त्यो लय प्रिमियर लिगमा कायम राख्न सकेन् । शनिबार सम्पन्न लिगको ३७औं खेलमा टोटनह्यामसँग २–१ गोल अन्तरले पराजित हुँदै बर्नेली लगातार दोस्रो सिजन प्रिमियर लिग खेल्ने अवसरबाट बञ्चित भयो।

बर्नेलीले एक खेल खेल्न बाँकी रहँदा २४ अंक मात्रै जोड्न सक्यो। ३७ मध्ये बर्नेलीले ५ जित, ९ बराबरी र २३ हार बेहोर्यो।

यस्तै, अन्तिम दुई खेल अगाडि नै रेलिगेशनमा परिसकेको शेफिल्ड युनाइटेड पनि शनिबार एभर्टनसँग १-० गोल अन्तरले पराजित भयो। लिगका ३७ खेलमा ३ जित, ७ बराबरी र २७ हार बेहोरेको शेफिल्डले १६ अंक मात्रै जोड्न सक्यो।

प्रिमियर लिगको समीकरण हेर्दा बर्नली र शेफिल्डसँँगै लुटन टाउन रेलिगेशनमा पर्ने लगभग पक्का रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *