ईङ्ग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड निकै रोमाञ्चक अबस्थामा आईपुगेको छ ।

आर्सनल, म्यान्चेस्टर सीटी र लिभरपुलसहित तीन टोली उपाधिको दौडमा देखिन्छन् । उपाधि होडमा तीन टोली देखिएपनि मुख्य प्रतिस्पर्धा भने आर्सनल र म्यानचेस्टर सीटीबीच नै देखिन्छ ।

३६ खेल खेलको आर्सनलले २६ खेलमा जित निकाल्दा पाँच खेलमा हार र पाँच खेल बराबरीमा सकाएको छ । ८३ अंक सहित शिर्ष स्थानमा रहेको आर्सनलले ६० गोल गरेको छ । शिर्ष स्थानमा आर्सनल भएपनि म्यानचेस्टर सीटीको च्याम्पियन बन्ने शतप्रतिशत सम्भावना छ । आर्सनलले भन्दा एक खेल कम खेलेर पनि सीटीले ८२ अंक जोडेको छ।

शनिवार फुलह्यामसंग हुने खेलमा सीटीले जित निकाले ८५ अंक सहित शिर्ष स्थानमा पुग्ने छ । यस्तो अवस्थामा आर्सनलको भन्दा २ अंक बढी सीटीले बनाउनेछ । फुलह्यामसंग बराबरी मात्रै गरेपनि आर्सनलसंग समान अंक बनाउन सक्छ । जसका कारण उपाधि होड थप रोमाञ्चक बन्न सक्छ

सीटी र आर्सनलले आगामी खेलमा कमजोर प्रदर्शन गरेको खण्डमा तेस्रो स्थानमा रहेको लिभरपुललाई उपाधि जित्ने मौका हुन सक्छ ।

अंंक तालिका
१. आर्सनल – ८३ अंक
२. म्यान्चेस्टर सिटि – ८२ अंक
३. लिभरपुल – ७८ अंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *