च्याम्पियन्स लिगको दौडमा रहेको एस्टन भिल्लालाई इङ्लिस प्रिमियर लिगमा ब्राइटनले पराजित गरेको छ।
अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा ब्राइटनले पाहुना टोली भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो।
ब्राइटनको जितमा जोआओ पेड्रोको गोल निर्णायक रह्यो। उनले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै ३५ खेलबाट ४७ अंक जोडेको ब्राइटन ११औं स्थानमा उक्लिएको छ । चौथो स्थानमा रहेको भिल्लाको ३६ खेलबाट ६७ अंक रहेको छ।
