च्याम्पियन्स लिगको दौडमा रहेको एस्टन भिल्लालाई इ‌ङ्लिस प्रिमियर लिगमा ब्राइटनले पराजित गरेको छ।

अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा ब्राइटनले पाहुना टोली भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो।

ब्राइटनको जितमा जोआओ पेड्रोको गोल निर्णायक रह्यो। उनले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै ३५ खेलबाट ४७ अंक जोडेको ब्राइटन ११औं स्थानमा उक्लिएको छ । चौथो स्थानमा रहेको भिल्लाको ३६ खेलबाट ६७ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *