भगवती क्लब टोखाको पहलमा सञ्चालित किकस्टार्ट टोटनहम खुला ट्रायलको पहिलो दिन शनिबार १८ सय जनाभन्दा धेरै खेलाडीले सहभागिता जनाएका छन् ।
च्यासलस्थित एन्फा फुटबल मैदानमा भएको छनोटको पहिलो दिन चार उमेर समूहका १८ सयभन्दा धेरै खेलाडी सहभागी भएका हुन् । शनिबार यू-११, यू-१३, यू-१५ र यू-१६ गरि चार उमेर समूहका छनोट सम्पन्न भएका हुन् । छनोटभर कुल ३५ सयभन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
छनोट भएका टोटनहमको क्षेत्रीय एकेडेमीसँग तालिम लिने अवसर पाउनेछन् ।
छनोटको दोस्रो दिन आइतबार पनि चार उमेर समूहको छनोट जारी छ । आज यू-१७, यू-१८, यू-१९ र यू-२१ उमेर समूहमा छनोट हुनेछ ।
