ईङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लुटन टाउनबीचको खेल बराबरीमा रोकिएको छ । इङ्गल्याण्डको लुटनमा रहेको केनिलवर्थ रोड स्टेडियममा शनिबार बिहान भएको खेलमा दुबै टोलीले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
अग्रता जोगाउन नसक्दा एभर्टनले बराबरीमा चित्त बुझाएको हो । खेलको २४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग डि क्याल्भिन लुईनले एभर्टनलाई १–० को अग्रता दिलाएका थिए ।
त्यसको ७ मिनेटपछि खेलको ३१औं मिनेटमा एलिजा आडेबायाको गोलमा लुटनले खेल १-१ को बराबरीमा पुर्यायो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन । दुबै टोलीले १/१ अंक बाँडे । बराबरीसंगै १५ औं स्थानमा रहेको एभर्टनको ३७ अंक भएको छ । १८ औं स्थानको लुटनको २६ अंक भएको छ ।
