इटालियन क्लब युभेन्टसले प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई बर्खास्त गरेको छ । कोपा इटालिया च्याम्यिन युभेन्टसले प्रशिक्षक एलेग्रीले फाइनल र त्यसपछि देखाएको अभद्र व्यवहारका कारण उनलाई बर्खास्त गरिएको ब्लब जनाएको छ ।
युभेन्टसले बुधबार एटलान्टालाई १-० ले पराजित गर्दै कीर्तिमानी १५ औं पटक कोपा इटालियाको उपाधि जितेको थियो । जुन पछिल्लो तीन वर्षमा उसको पहिलो ट्रफी थियो । एलेग्रीले फाइनलका दैरान रेफ्रीको निर्णयमा कडा विरोध जनाएपछि खेलको अन्त्य तिर उनलाई रातो कार्ड देखाइएको थियो ।
रातो कार्डको सामना गरेपछि उनले टचलाईन छोड्नु परेको थियो । खेलपछि ५६ वर्षीय एलेग्रीले म्याच अफिसियल, युभेन्टसका कर्मचारी र एक पत्रिकाका निर्देशकसँग झगडा गरेको इटालियन मिडियाले जनाएका छन् ।
