थाइल्यान्डको बैंकक प्रस्थान गर्न लागेका एन्फा पदाधिकारीहरुलाई रोक्नका निम्ती गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जानकारी नै नगराई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङसहित ३ पदाधिकारी थाइल्यान्ड उड्न लागेका छन् ।

निवेदन लेखिएका शब्द जस्ताको तेस्तै :

सन् २०२४ को मे १७ तारेखका दिन थाइल्यन्डको राजधानी बैंककमा ७४ औं फिफा कंग्रेस हुन गैरहेको व्यहोरा अवगत गराउँदछु । उक्त कंग्रेसमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दिपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री आज थाइ एयरको उडान नम्बर ३१० बाट राती. १२:१० बजे त्यसतर्फ प्रस्थान गर्न लागेको बुझिएको छ,’ निवेदन पत्रमा भनिएको छ,’ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ञ) वमोजिम राखेपलाई लाई जानकारी दिएर मात्रै अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद सम्बन्धि तालिम, सभा, गोष्ठि, सेमीनार वा सम्मेलनमा भाग लिन सदस्य वा खेलाडीलाई पठाउने भन्ने व्यवस्था हुदा हुदै यसलाई वेवास्ता गर्दै राखेपसँग स्वीकृति समेतउ नलिइ उनीहरु थाइल्यान्ड जान लागेको हुदा निजहरुलाई रोक लगाउनको निम्ति निवेदन गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *