बार्सिलोना स्पेनिस ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ।

मंगलबार सम्पन्न खेलमा रियल सोसिडाडलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो।

३५ खेल खेलेको बार्सिलोनाको ७६ अंक रहेको छ। पराजित सोसिडाड समान खेलबाट ५४ अंक जोड्दै सातौं स्थानमा छ।

खेलको ४०औं मिनेटमा लमिन यमलले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। उनले इल्के गुन्डोगनको पासमा गोल गरे।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *