उच्च अदालतका कतिपय फैसलालाई सर्वोच्चले उल्टयाएको पनि छ। यसै आशा लिएर बहुचर्चित ‘संदीप-गौशाला २६’ मुद्दा सर्वोच्चमा जाने सम्भावना देखिएको छ।

यो मुद्दा आम चासोको विषय थियो तर, पीडित भनिएको पक्षले उच्चको फैसलाप्रति चित्त नबुझेको भन्दै सर्वोच्च जानसक्ने बाटो अझै खुल्ला छ। जानकारहरूका अनुसार गौशाला-२६ पक्ष न्यायका लागि ३५ दिनभित्र सर्वोच्च जानसक्छ र, एकपटक पुनः यो मुद्दाले चर्चा पाउनेछ।

आपसी मेलमिलाप र सहमतिमा हुने सेक्स सम्वन्धलाई उच्च अदालतले बलात्कार मान्न अस्वीकार गरेको छ। खासगरेर चर्चित क्रिकेटर संदीप लामिछानेका सन्दर्भमा उच्च अदालत पाटनले गौशाला-२६ (नाम गोप्य) सित भएको सम्वन्ध बलत्कार नभएको फैसला सुनाएको छ।

जिल्ला अदालतको फैसला उच्चले उल्टाएपछि संदीप तत्कालका लागि क्रिकेटमा फर्किएका छन् । संदीपलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ।

जिल्ला अदालतले संदीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो। फैसला उल्टाउन माग गर्दै संदीपले उच्चमा पुनरावेदन गरेका थिए। दुई दिन दुवै पक्षको बहस सुनेपश्चात उच्चका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले संदीपलाई निर्दोष ठहर गरेको हो।

उच्चको फैसलापछि क्यानले निलम्बन फुकुवा गरेको छ र टी-२० विश्वकपमा खेलाउने प्रक्रिया सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *