शहीद स्मारक ‘सी’ डिभिजन लिगमा झम्सिखेल युवा क्लबले रानीवन स्पोर्टस क्लबमा पुनरागमन जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न खेलमा झम्सिखेलले रानीवनमाथि २-१ गोलको पुनरागमन जित हासिल गरेको हो।

सम्सिखेलको जितमा आकाशबहादुर राना र असिम थापामगरले गोल गरे। यता, रानीवनका लागि श्याम ब्यादीले गोल गरेको सान्त्वना बन्यो।

खेलको तेस्रो मिनेटमै श्यामको गोलमार्फत रानीवनले शुरूआती अग्रता लिएको थियो। तर, रानीवनले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन।

आकाशले ५४ औं मिनेटमा झम्सिखेलाई बराबरीमा ल्याए। त्यसपछि ७४ औं मिनेटमा असिमले गोल गर्दै सम्सिखेदलाई २-१ को पुनरागमन जित दिलाए।

जितसँगै १० खेलमा १६ अंक जोडेको झम्सिखेल पाँचौं स्थानमा उक्लिएको छ। पराजित रानीवन भने समान खेलबाट सात अंकका साथ १२ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *