मोरङको धनपालथान गाउँपालिकामा प्रथम उपाध्यक्ष कप महिला तथा पुरूष नकआउट कबड्डी प्रतियोगिताको शुरू भएको छ ।
धनपालथान लथान युवा क्लब मोरङको आयोजना तथा धनपालथान गाउँपालिका र ३ नम्बर वडा कार्यालयको सहयोगमा प्रतियोगिता आयोजना गरिएको न हो। धनपाचान-३ सोराभागमा शुरू भएको प्रतियोगिताको कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डल र धनपालथानका उपाध्यक्ष नसिमा बानोले मंगलबार प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगितामा ८-८ महिला र पुरूष टोलीको सहभागिता छ । प्रतियोगितामा महिला टोलीतर्फ रतुवामाई नगरपालिकाको सिद्धार्थ युवा क्लब, विराटनगरको महेन्द्र मोरङ क्याम्पस, बेलबारी, उर्लाबारी, रंगेली र सुन्दरहरैंचा नगरपालिका, जहदा र धनपालथान गाउँपालिकाको टोलीले सहभागिता जनाएका छन् ।
यस्तै पुरुषतर्फ इनरूवा नगरपालिका, रतुवामाईको सिद्धार्थ युवा क्लब, जहदा गाउँपालिका, विराटनगरको जतुवा युवा क्लब, बेलबारी नगरपालिका, रंगेली, धनपालथान र विराटनगरको महेन्द्र मोरङ क्याम्पसको टोलीको सहभागिता छ ।
खेलकुद तालिका अनुसार प्रत्येक दिन महिला र पुरुषको एक-एक गरी २ खेल हुने आयोजक धनपालथान युवा क्लबका सचिव शेखर विश्वासले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ महेन्द्र मोरङ क्याम्पस विराटनगरको टोलीलाई पराजित गर्दै रतुवामाईको सिद्धार्थ युवा क्लबले जित हात पारेको छ। पुरुषतर्फ रतुवामाईकै सिद्धार्थ युवा क्लबलाई पराजित गर्दै इनरूवा नगरपालिकाको टोली बिजयी भएको छ ।
धनपालथान क्षेत्रका युवायुवतीबीच पारम्परिक खेल कबड्डी निकै नै लोकप्रिय रहेकाले खेलाडीहरूलाई प्रोत्साहित गर्न यस पल्टदेखी गाउँपालिकाको सहयोगबाट उपाध्यक्ष कप शुरू गरिएको धनपालका उपाध्यक्ष नसिमा बानोले जानकारी दिइन् ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद ४१ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ यस्तै उपविजेतालाई २५ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
