नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला एशिया कप खेल्ने प्रारम्भिक टोलीमा घोषणा गरेको छ।

क्यानले बुधबार कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई समेट्दै प्रारम्भिक टोली घोषणा गरेको हो।

प्रारम्भिक टोली :

इन्दु बर्मा (कप्तान), रुबिना छेत्री, सीता राणामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डल्ली भट्ट, बिन्दु रावल, रोमा थापा, सबनम राई रुबी पोद्दार (विकेटकिपर), खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, ममता चौधरी, यशोदा बिष्ट, कृतिका मारासिनी, सोनी पाखरिन, राजमती एरि, हेलिशा गुरुङ

श्रीलंकामा १९-२८ जुलाईमा आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन्। नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने छ।

यफ खेल १९ जुलाईमा हुने छ। यस्तै, दोस्रो खेल २१ जुलाईमा यूएईसँग खल्ने छ। समूह चरणको अन्तिम खेल नेपालले २३ जुलाईमा भारतसँग खेल्ने छ। दुई समूहको विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्ने छन्। सेमिफाइनका विजेता टोलीले उपाधिका लागि खेल्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *