आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीबाट ४ सय टिकट पाउने भएको छ ।

विश्वकप क्रिकेटमा सहभागी राष्ट्रहरुलाई आइसीसीले प्रतियोगिता टिकट उपलव्ध गराउँछ । सोही प्रावधान अनुसार नेपालले ४ सय वटा नर्मल र २० वटा भीभीआइपी पास पाएको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए ।

कोषाध्यक्ष खड्का अनुसार क्यानले आइसीसीबाट ४० हजार डलरको टिकट खरिद गर्ने र उक्त टिकट विश्वकपका बेला नेपालले खेल्ने स्थानमा विक्री गर्ने लक्ष्य राखिएको छ ।

नेपालले आइसीसी विश्वकप क्रिकेटमा अमेरिकामा २ वटा र वेस्टइन्डिजमा २ वटा समूह चरणका खेल खेल्ने छ।

अमेरिकाको डालास र फ्लोरिडामा गरेर दुवै ठाउँमा दुई दुई सय टिकट विक्रि गर्ने लक्ष्य रहेको क्यानले जनाएको छ । उक्त टिकटका लागि ४० हजार डलर क्यानले अहिले नै आइसीसीलाई तिनु पर्ने छैन । आइसीसीले क्यानलाई पठाउने रकमबाट कटाउने र टिकटबाट उठेको रकम क्यानमा जम्मा गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *