गोलबजारले हात पार्यो पहिलो जित

२०८१, २३ बैशाख आईतवार १३:५३

गोलबजार स्पोर्टस क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार गोलबजारले महावीर क्लबलाई २-१ ले पराजित गर्यो ।

गोलबजारलाई जित दिलाउ विजय श्रेष्ठ र ओमप्रकाश सिंहले गोल गरे। महावीरका लागि नीरबहादुर थापाले गोल फर्काए ।

जितसँगै ६ खेलमा पाँच अंक जोडेको गोलबजार १२औं स्थानमा उक्लिएको छ । पराजित महावीर समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ ।

खेलको चौथो मिनेटमै विजयको गोलमार्फत गोलबजारले अग्रता लिएको थियो । उनले योञ्जन हमालको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।

नीरले ३५औं मिनेटमा खेललाई बराबरीमा ल्याए । उनले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

बिनु थापामगरको कर्नरलाई ७६औं मिनेटमा हेडमार्फत जाली चुमाउँदै ओमले गोलबजारलाई २-१ को रोमाञ्चक जित दिलाए ।

आइतबार नै सम्पन्न खेलमा बागमती युवा क्लबले मनोहरा युनाइटेडविरुद्ध १-० को कठिन जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *