ब्राइटनललाई पराजित गर्दै शिर्ष पाँचको दौडमा
रहेको चेल्सी इङ्लिस प्रिमियर लिगको छैटौँ स्थानमा उक्लिएको छ।
अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बुधबार राति सम्पन्न खेलमा ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले स्थान सुधार गरेको हो।
खेलको ३४औं मिनेटमा कोल पाल्मरले चेल्सीलाई शुरूआती अग्रता दिलाएका थिए। ६४औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले अग्रता दोब्बर बनाए।
दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा ड्यानी वेलबेकले गोल गरेपनि ब्राइटनले हार टार्न सकेन।
जितसँगै चेल्सीले ३७ खेलबाट ६० अंक जोडेको छ।
पराजित ब्राइटन ससमान खेलबाट ४८ अंकसहित १० औं स्थानमा छ।
लिगको पाँँचौ स्थानमा रहने टोली युरोपा लिग खेल्ने मौका पाउनेछ । समान खेल खेलेको टोटेनहमको ६३ अंक छ ।
चेल्सी युरोपा लिगमा छनोट हुनकालागि टोलीले लिगको आफ्नो अन्तिम खेलमा जित हासिल गर्नुपर्ने छ साथमा टोटेनहमले पनि आफ्नो अन्तिम खेल हार्नु पर्ने छ ।
यसो हुन नसकेमा लिगको छैटौँ स्थानमा रहेर चेल्सीले युरोपा कन्फ्रेन्स लिग खेल्नेछ भने टोटेनहम युरोपा लिगको लागि छनोट हुनेछ ।
