मनोहरा युनाइटेड यूथ क्लबलाई पराजित गर्दै झम्सिखेल यूथ क्लब शहीद स्मारक ‘सी’ डिभिजनको छैटौं स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न दिनको दोस्रो खेलमा झम्सिखेलले मनोहरालाई ३-० गोल अन्तरले पराजित गरेको हो।

छैटौं स्थानमा उक्लिएको झम्सिखेलको ९ खेलबाट १३ अंक पुगेको छ। पराजित मनोहराले भने तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।

मनोहराको समान खेलबाट १४ अंक रहेको छ। झम्सिखेलको जितमा आकाशबहादुर राना, विवश लिम्बु र अरुण मेचेले गोल गरे।

पहिलो हाफको ३१औं मिनेटमा आकाशले गोल गरे। त्यसको दुई मिनेछपछि नै विवशले अर्को गोल थपे। ६७औं मिनेटमा अरुणले गोल गर्दै झम्सिखेललाई ३-० को सहज जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *