ललितपुरमा प्ले टेनिस कोर्स शुरु

२०८१, ३० बैशाख आईतवार १९:०५

नेपाल टेनिस संघको आयोजनामा प्ले टेनिस कोर्स आइतबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । चारदिनसम्म चल्ने यो कोर्स टेनिसको आधारभूत प्रशिक्षक प्रशिक्षण कोर्स हो ।

कोर्समा १८ जनाको सहभागिता रहेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । उनीहरुलाई राष्ट्रिय ट्युटर राजकुमार लामा र छेवाङ लामाले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षकद्वयलाई लेभल वान ट्युटर र लेभल २ कोच शरद लामाले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *