इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा युरोपा लिग च्याम्पियन एटलान्टाले टोरिनोलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

एटलान्टाका लागि जियानलुका स्क्यामाका र अडेमोला लुकम्यानले पहिलो हाफमा गोल गरेका थिए। मारियो पासालिकले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि टोली बोलोग्नाभन्दा एक अंकले अगाडि रहँदै चौथो स्थानमा उक्लियो।

एटलान्टाको ३७ खेलबाट ६९ अंक रहेको छ। लिगका सबै खेल खेलेको बोलोग्नाको ६८ अंक रहेको छ। पराजित टोरिनोले ५३ अंक जोड्दै नवौँ स्थानमा रहेर लिग सक्काएको छ।

बुधबार युरोपा लिगको फाइनलमा बायर लेभरकुजनमाथि एटलान्टाको ३-० को जित हासिल गर्दा लुकम्यानले ह्याट्रिक गरेका थिए। उनैले खेलको ४३औं मिनेटमा एटलान्टाका लागि गोल गरे। त्यसभन्दा अगाडि २६औं मिनेटमा स्क्यामाले गोल गरेका थिए।

७१औं मिनेटमा मारियोले पेनाल्टीमार्फत गोल गरे र एटलान्टलाई सहज जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *