मेसीको मियामीको कठिन जित

२०८१, ६ जेष्ठ आईतवार ०९:५२

लियोनार्डो क्याम्पानाको निर्णायक गोलसँगै मेसी आबद्ध रहेको इन्टर मियामीले मेजर सकर लिगमा जित हासिल गरेको छ।

चेस स्टेडियमा आइतबार बिहान सम्पन्न खेलमा मिलानले डिसी युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो।

क्याम्पानाले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमै गोल गरेका हुन्।

सर्जियो बुस्केट्सले प्रहार गरेको बल बायाँ पोस्टमा लागेर फर्किएपछि एक मिनेटअघि मात्रै मैदान प्रवेश गरेका क्याम्पानाले गोल गरेका हुन्।

जितसँगै शीर्ष स्थानको मियामीले १५ खेलबाट ३१ अंक जोडेको छ भने डिसी युनाइटेड १७ अंकसहित नवौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *