इङ्गल्याण्डका उदीयमान युवा क्रिकेट खेलाडी जोश बेकरको निधन भएको छ । बाँया हाते स्पीनर बेकरको २० वर्षको उमेरमा २ मेमा निधन भएको हो । बेकरको निधन कसरी भयो त्यसको बारेमा अहिले सम्म खुलासा हुन सकेको छैन ।

बेकरले सन् २०२१ मा १७ वर्षको उमेरमा वार्सेस्टरशायर क्रिकेट क्लबसँग सम्झौता गरेका थिए । बेकरले २२ प्रथम श्रेणीका खेल खेल्दै ४३ विकेट लिएका थिए । त्यस्तै व्हाइट बलतर्फ २५ खेलमा २७ विकेट लिएका थिए ।

इङ्गल्याण्डका उदीमान अलराउण्डरको रुपमा परिचित बेकरले २०२३ मा ग्लास्तरशायारविरुद्ध ७५ रनको सर्वश्रेष्ठ पारी खेलेका थिए । बेकरले इङ्गल्याण्डको अण्डर-१९ टोलीबाट समेत खेलिसकेका छन् ।

१ मेमा आयोजित चार दिवसिय समरसेट बिरुद्धको खेलमा बेकरले ३ विकेट लिएका थिए । तर दोश्रो दिन उनको अकल्पनिय निधन भएको थियो । बेकरको निधनपछि यो खेल रद्द गरिरहेको थियो ।

सन् २०२२ मा चर्चित अलराउण्डर बेन स्टोक्सले फाँकेको एक ओभरमा ३४ बनाएपछि बेकर चर्चामा आएका थिए । यसपछि स्टोक्सले मेसेज पठाएर बेकरको हौसला बढाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *