पिएसजीलाई फ्रेन्च कपको उपाधि

२०८१, १३ जेष्ठ आईतवार ०६:२७

फ्रेन्च कप (कोपा डे फ्रान्स) को उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ।

लिलको स्टेड पियरे माउरोयमा शनिबार सम्पन्न फाइनल खेलमा लियोनलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो।

पीएसजीका लागि पहिलो हाफमा फ्रान्सका विंगर उस्माने डेम्बेले र स्पेनका मिडफिल्डर फाबियन रुइजले गोल गरे।दोस्रो हाफमा लियोनका डिफेन्डर जेक ओ’ब्रायनले सान्त्वना गोल गरे।

खेलको २२औं मिनेटमा नुनो मेन्डेसको क्रसमा डेम्बेलेले गोल गर्दै अग्रता दिलाएका थिए। ३४औं मिनेटमा ओ’ब्रायनले हेडर गर्दै बललाई क्लिअर गर्ने प्रयास गरेका थिए। तर, उक्त बल क्लिअर हुन नसक्दा रुइजले रिबाउन्डमा गोल गर्दै अग्रता दोब्बर पारे।

लियोनका गोलकिपर लुकास पेरीले दोस्रो हाफको पहिलो मिनेटमै ब्राडली बारकोला र वारेन जायर-एमरीको पासमा उत्कृष्ट बचाउ गरेका थिए।

५५ औं मिनेटमा ओ’ब्रायनले गोल गर्दै खेललाई २- १ को बराबरीमा ल्याए। पीएसजीले ६४औं मिनेटमा कर्नरबाट आएको बललाई लियोनका लेफ्ट ब्याक निकोलस टाग्लियाफिकोको हेडर गरेका थिए। तर, गोलकिपर जियानलुइगी डोनारुम्माले पञ्च गर्दै बारमाथिबाट बाहिर पठाइदिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *